चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

बिएल संवाददाता

मध्यपुरथिमि
फाइल तस्वीर
फाइल तस्वीर

चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ।

चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई  सिलिण्डर सहयोग गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई  लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो।

अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण–४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतका सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी  ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताए।

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १०  शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ।रासस

प्रकाशित मिति: : 2021-05-17 11:36:00

प्रतिकृया दिनुहोस्