विश्व पौडेलले समितिबाट राजीनामा दिए, गभर्नर नियक्तिको तयारी

मुख्य सत्ता साझेदार दलहरू सहमति नजिक पुगेपछि डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार उनलाई गभर्नर नियुक्तिमा सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच लगभग सहमति भएपछि उनले राजीनामा दिएका हुन्। 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। 

पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्। 

तीन साताअघि गुणाकर भट्टराई गभर्नर बनाउने सहमति भएको थियो। त्यसका लागि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा समेत थिए। तर कायममुकायम गभर्नर निलम ढुङ्गानाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि पौडेलको नाम अघि आएको हो। जब कि पौडेल उनै गभर्नर सिफारिस गर्नका लागि बनेको समितिका एक सदस्य पनि हुन्। 

प्रकाशित मिति: : 2025-05-11 20:48:00

प्रतिकृया दिनुहोस्