देउवाले भने- कोरोनाको तेस्रो लहर आउन सक्छ, १२ वर्षमाथिकालाई खोप लगाउने तयारी गरौं

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड/आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन्। रासस

प्रकाशित मिति: : 2021-05-18 20:50:00

प्रतिकृया दिनुहोस्