नेपाल प्रहरीका पूर्वआइजीपी खड्गजीत बरालको ९४ वर्षको उमेरमा निधन भएको छ।
उनको बासबारीस्थित घरमा बिहान पौने १० बजे निधन भएको छोरा डा। रञ्जीत बरालले बिएल नेपाली सेवालाई जानकारी दिए।
नेपाल प्रहरीलाई आधुनिकीकरण गर्न पूर्वआइजी बरालको ठूलो योगदान थियो। उनी प्रहरीमा कडा अनुशासन भएका आइजीपी मानिन्थे।