'जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्छ'

प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताएकी छन्।

प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख/उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग आज गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताइन्। 

उनले स्वास्थ्य कार्यालयलाई कोरोना संङ्क्रमण नियन्त्रणका लागि रु पाँच लाखका दरले सवै जिल्लामा रकम पठाइने तयारी भइरहेको जानकारी दिइन्।

बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ र स्वास्थ्य कार्यालयका प्रमुखले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए। रासस 

प्रकाशित मिति: : 2021-05-19 20:50:00

प्रतिकृया दिनुहोस्