अक्सिजन जुटाउन राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिर हुसेनको एक लाख सहयोग

अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख सहयोग गरेका छन्।

महावीर पुन नेतृत्वको संस्था राष्ट्रिय आविष्कार केन्द्रले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ।

नाजिरले आफूले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-05-20 05:56:00

प्रतिकृया दिनुहोस्