फेरियो काँग्रेस : ओलीलाई कति भारी ?

रातोपाटी

काठमाडौं

गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्दा नेपाली कांग्रेसका धेरै नेताहरु चुनावप्रति मोहित देखिएका थिए। स्वयं पार्टी सभापति शेरबहादुर देउवा समेत ओलीप्रति कडारुपमा प्रस्तुत हुन सकेका थिएनन्। यतिसम्म कि सडक आन्दोलनमा रहेका अन्य दलसँग काँग्रेसले मोर्चाबन्दी गर्नसमेत चाहेन र एक्लै कार्यक्रमहरु ग-यो।

तर, प्रतिगमन भाग– २ मा भने नेपाली काँग्रेस फेरिएको छ। शुरुकै दिनदेखि काँग्रेस आक्रामक देखिएको छ र वामपन्थी दलहरुसँग उसले मोर्चाबन्दी कसेको छ। काँग्रेस सभापति शेरबहादुर देउवा यसपटक आक्रामकरुपमा ओलीको कदमविरुद्ध मैदानमा उत्रिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित ‘प्रतिगमन भाग–२’ ले मुलुक तरंगित छ। कोरोनाको महामारी चरम विन्दुमा रहेकै बेला शुक्रबार मध्यराति राष्ट्रपति भण्डारीले असंवैधानिक ढंगले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि विपक्षी दलहरुले अदालत र सडक दुबै ठाउँबाट संघर्ष गर्ने संयुक्त निर्णय गरेका छन्।

प्रकाशित मिति: : 2021-05-23 09:07:00

प्रतिकृया दिनुहोस्