मास्कको कालोबजारी गर्ने मेडिकल संचालक पक्राउ

Symbolic photo
Symbolic photo

विराटनगरमा मास्कको कालोबजारी गर्ने फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालीका ९ का भुपेन्द्र नाथ अधिकारी रहेका छन्। अधिकारीलाई प्रहरीले माक्सको कालोबजारी गरेको भन्दै पक्राउ गरेको हो।

कोशी अस्पताल अगाडि अधिकारीले संचालन गरेको फार्मेसीबाट माक्स तथा औषधीमा कालोबजारी गरेको प्रहरीले जनाएको छ।

अधिकारीले सुनसरी नगरपालिका ७ श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए।

कोरोना कहरको फाइदा उठाउँदै अधिकारीले माक्स सेनिटाइजर तथा औषधीमा कालोबजारी गर्ने गरेको गुनासो प्रहरीमा परेको थियो।

पक्राउ परेका अधिकारीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-23 13:34:00

प्रतिकृया दिनुहोस्