नेपाली कांग्रेसका क्षेत्रीय सचिवको कोरोनाबाट निधन

Symbolic photo
Symbolic photo

नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो।

गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो।

शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए।

युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्थ्यो। ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन्।

ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ। नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पूरै पार्टी स्तब्ध भएको बताए।रासस

प्रकाशित मिति: : 2021-05-23 14:39:00

प्रतिकृया दिनुहोस्