ओलीले बोलाए एमाले स्थायी कमिटीको बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए।

बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ।

यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: : 2021-05-24 10:27:00

प्रतिकृया दिनुहोस्