सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

 कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालानन्द शर्मा नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो। 

सीसीएमसीको प्रमुख शर्माले निर्देशक समितिको सदस्यसचिवको भूमिका पनि निर्वाह गर्नेछन्। सो समितिमा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहेका छन्।

उनी शान्ति प्रक्रियाकाे समयमा माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक भइ काम सरिसकेका छन्।

प्रकाशित मिति: : 2021-05-25 08:34:00

प्रतिकृया दिनुहोस्