उट्पट्याङ भाषण गरेर बेला-बेला चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले फेरि सामाजिक संजालमा छाएका छन्।
नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भनेको छ।
सोमबार हेलिकप्टर चार्टर गरेर डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा आफ्नो फोटो राख्न लगाएका थिए।
‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर स्टिकर टाँसिएको स्वास्थ्य सामाग्री आलेले वितरण गरेका हुन्।
मन्त्री आलेले सोमबार ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका थिए। उनले बाँडेका सबै स्वास्थ्य सामाग्रीको बाहिर आफ्नै फोटो टाँसेर दिएका थिए।
विपतमा आलेले सहयोग गर्ने बहानामा आफ्नो प्रचार गरेको भन्दै अहिले सामाजिक सञ्जालमा उनलाई उँडाउनेहरु बढेका छन्।
दाताबाट आएको सहयोगको सामाग्रीलाई आफूले सहयोग गरेको भनेर मन्त्री आलेले सत्ताको दुरुपयोग गर्दै आफ्नो प्रचार गरेको भन्दै सामाजिक सञ्जाल भरिएको हो।