‘ओलीको राष्ट्रवाद खोक्रो होला भन्ने बेलैमा बुझेनौं’

संसद प्रधानमन्त्री जन्माउने आमा हो, ओलीले हत्या गर्नुभयो : विरोध खतिवडा

रातोपाटी

काठमाडाैं

 नेकपा एमाले खनाल–नेपाल समूहका नेता हुन् विरोध खतिवडा। एमालेका पुराना नेतामध्येमा पर्ने उनी ओलीको कारवाहीको दोस्रो सूचीमा छन्। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत ११ जनालाई ओलीले पार्टीबाट निष्काशन गरेकै दिन खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोधिएको छ।

नेकपा एमालेमा ओलीको कारवाही र स्पष्टीकरण श्रृंखलापछि खनाल–नेपाल समुह अब कसरी अगाडि बढ्छ ? 

अब नेकपा एमाले विभाजन भएकै हो ?

सर्वोच्चले जब फागुन २३ गते संसद विघटनलाई बदर गर्यो, त्यसपछि अध्यक्ष केपी ओलीले एमाले फुटाउने अभियान सुरु गर्नुभएको हो। अहिले पार्टी नेताहरुलाई पार्टीबाट निकालेर त्यो अभियानलाई मूर्त रुप दिने प्रयास गरिरहनुभएको छ।

तपाईंहरुको समूहका नेतालाई अध्यक्ष ओलीले पार्टीबाटै निस्कासन गरिसक्नु भएको छ। तपाईंहरु अब सहजै एमाले छोड्न सक्नुहुन्छ त ?

सहज र गाह्रो भन्ने कुरा आउँदैन। सम्भावनाका ढोकाहरु जहिले पनि बाँकी रहन्छन्। नेपालको कम्युनिस्ट आन्दोलन तहस–नहस हुन दिनुहुँदैन भनेर हामीले भरमग्दुर प्रयास गरेका हौं। पहिला नेकपा फोर्नुभयो, अहिले एमाले फोर्नुभएको छ। ओलीले एमाले फटाएको अन्तिम उदाहरण हो ११ जना नेताको निस्कासन। अझै अरु कतिलाई पनि त्यसै गर्नुहुन्छ, त्यसपछि उहाँको अभिष्ट पूरा होला।

लोकतन्त्र र गणतन्त्रलाई उहाँले रुचाउनुभएको छैन भनेर धेरै हल्ला चलेका थिए। हामीले होइन होला भन्यौं। किनभने, त्यत्रो आन्दोलनबाट आएको मान्छे, त्यस्तो हुँदैन होला भन्ने हाम्रो बुझाइ थियो। तर, संसदमाथि बारम्बार प्रहार गर्नुभयो। जालीझेली, किर्ते र पदलोलुपता भनेर अरुलाई भन्नुहुन्थ्यो। तर, त्यो गुण त उहाँमै रहेछ भन्ने उहाँका पछिल्ला क्रियाकलापबाटै पुष्टि भयो।

प्रकाशित मिति: : 2021-05-25 19:43:00

प्रतिकृया दिनुहोस्