अभिनेता रमित ढुंगानाले बालबालिकाका लागि आर्थिक सहयोग गरेका छन्।
उनले ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’लाई एक लाख रुपैयाँ नगद दिंदै सहयोग गरेका हुन्।
अभिनेता ढुंगानाले मंगलबार फाउण्डेसनमै पुगेर संस्थाकी श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका थिए। सो फाउण्डेसनमा २५ जना बालबालिका छन्।
‘कोरोना महामारीको यो अवस्थामा बाँचौ र बचाऔं’ भन्ने उद्देश्यले सहयोगकोका लागी पाइला अघि बढाइरहेको छु, रमितले भने ।