इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
२३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गरेको हो। नेपालले जेठ १५ (२९ मे) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए।
नयाँ राष्ट्रिय फुटबल टीमः
किरण कुमार लिम्बू (जीके/सी), दीप कार्की (जीके), विशाल सुनार (जीके), अनन्त तामाng, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनील बल, आशीष लामा, पुजन उपरकोटी, अरिक बिष्ट, सुमन लामा , अञ्जन बिष्ट, मनीष डांगी, सन्तोष तामान्ग, नवयुग श्रेष्ठ, आयुष घलान, सूरज जीउ ठाकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवास।
उक्त नयाँ टोलीमा १३ नयाँ अनुहारहरू समावेश भएका छन्। जुन ट्राइ-राष्ट्र श्रृंखलामा समावेश भएका थिएनन्। कोचले भरत खवास, रणजित धिमाल, अमित तामान्ग, सेसहान्ग आन्देम्बे, रविशंकर पासवान, निशान खड्का, बिबेक बस्नेत, नितिन थापा र दर्शन गुरुङलाई प्राथमिक टोलीबाट बाहिर्याएकाे छ।
प्रशिक्षक अल्मुइटारीले मिडफील्डर्स कमल थापा, सूरज जीउ ठाकुरी, गौतम श्रेष्ठ, आयुष घलानलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेका छन्।