प्रेस चौतारी रुपन्देहीले निषेधाज्ञामा पनि समाचार सङ्कलन तथा सम्पादनमा खटिएका पत्रकारलाई राहतस्वरुप चामल, दाल, नून, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्रदान अगरेको छ।
बुटवल, भैरहवा, मर्चवार, लुम्बिनी, देवदह, सैनामैना लगायतका क्षेत्रमा क्रियाशील चौतारीका सदस्यलाई घरमै पुगेर सामग्री दिइएको जिल्ला संयोजक अमृत गिरीले जानकारी दिए।
'कोरोना महामारिका कारण लामो समयदेखि पारिश्रमिक नपाएका तथा आर्थिक अवस्था कमजोर भएका पत्रकारलाई घरमै पुगेर सामग्री वितरण गरेका छौँ' संयोजक गिरीले भने।
पहिलो चरणमा ५० सञ्चारकर्मीलाई राहत वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष मोहन चापागाईको नेतृत्वमा राहात सामग्री सङ्कलन गरी जिल्लाका विभिन्न ठाउँमा पुगेर वितरण गरिएको थियो।
सो अवसरमा चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्यले नागरिकलाई भयभित गराउने नभई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए।