ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि बिरामीको सङ्ख्या बढ्दै गएको छ।
समुन्द्र सतह देखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत घुन्सा गाउँमा दिन दिनै बिरामी बढ्न थालेको स्थानीय पेमा शेर्पाले बताए। प्रत्येक घरमा बिरामी रहेको उनले भएको बताए।
उनले भने, 'कोरोना जस्तै लक्षण छ, तर परिक्षण कसैले गरेको छैन्। यहाँ आएर कसले परीक्षण गरिदिन्छ।' कोभिड नै हो की भनेर डर लागिरेको शेर्पाले बताए।
कोभिड-१९ को सङ्क्रमण बढ्दै गएसँगै हिमाली बस्ती घुन्सामा पनि लक्षण कोभिडकोजस्तै बिरामी देखा परेको स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए। केहि दिन देखि घुन्सावासीमा रुघा खोकी, टाउँको दुख्ने, छाती दुख्ने, ज्वोरो आउने, वान्ता लाग्ने र पखाला लाग्नेजस्ता लक्षणका बिरामी बढ्दै गएको घुन्सा स्वास्थ्य एकाइ कार्यालयका प्रमुख अहेव प्रविन राईले जानकारी दिए।
उनले भने, 'निको पनि हुर्दै छन्। केही दिन अगाडि प्रायः सबै घरमा बिरामी देखिएको थियो, अहिले पनि २५ घरमा बिरामी छन्।' रुघा खोकी, ज्वोरो, पखाला लाग्ने औषधिहरु दिँदै आएको राईले बताए।रासस