कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। 

उनलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो। कोरोना देखिएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको थियो। तर उपचारको क्रममा हिजो (बुधबार) राति ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका थिए।

मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा उनी पदमुक्त भएका थिए। 

प्रकाशित मिति: : 2021-05-27 08:42:00

प्रतिकृया दिनुहोस्