पछिल्लो समय नेपालमा बलिउड चलिचत्रभन्दा पनि दक्षिण भारतीय चलचित्र हेर्ने दर्शकहरुको क्रेज बढ्दो छ।
सामान्य कथावस्तुमा पनि बेजोड प्रस्तुती दिने दक्षिण भारतीय चलचित्रहरुको मुख्य विशेषता हो। नेपाली दर्शकहरु बलिउड अभिनेत्रीहरुभन्दा दक्षिण भारतीय चलचित्रका अभिनेत्रीहरुको खुलेर तारिफ गर्छन्।
यहाँ केही दक्षिण भारतीय चलचित्रका अभिनेत्रीहरुको पारिश्रमिक उल्लेख गरिएको छ, जसको लागि निर्माताहरु पैसा लगानी गर्न पछि पर्दैनन्:
१. सामंथा अक्किनेनी
चर्चित अभिनेता नागार्जुनकी बुहारी हुन्, सामंथा। तर उनको परिचय आफैले स्थापित गरेकी छन्। त्यसो त उनी चलचित्र साइन गर्नुपूर्व स्क्रिप पढ्ने गरेको बताउँछिन्। यसलाई यसरी पनि बुझ्न सकिन्छ कि उनी चलचित्र छनोट गरेर मात्र सम्झौता गर्छिन्। अहिले सामंथाले एउटा चलचित्रमा काम गरेवापत ४ देखि ५ करोडसम्म लिने गर्छिन्।
२. अनुश्का शेट्टी
ब्लकब्लस्टर चलचित्र 'बाहुबली'की देवसेना हुन्, अनुश्का। तर त्यसभन्दा अघि पनि उनले दर्जनौ चलचित्रमा काम गरिसकेकी थिइन्। अब्बल अभिनय गर्ने अनुश्काले अभिनेता प्रभाससँग पनि अन्य चलचित्रमा काम गरिसकेकी छिन्। उनले हाल एउटा चलचित्रमा काम गरेवापत ३ देखि ४ करोड पारिश्रमिक लिने गर्छिन्।
३. तमन्ना भाटिया
तमन्नालाई नचिन्ने दर्शक त सायदै होलान्। उनको सुन्दरताले जो कोही पनि हुरुक्क हुन्छ। साथै अब्बल अभिनय उनको अर्को विशेषता हो। दर्जनौ सुपरहिट चलचित्र दिएकी तमन्नाले एउटा चलचित्रमा काम गरेवापत ४ देखि ५ करोड पारिश्रमिक लिने गर्छिन्।
४.काजल अग्रवाल
एक वर्षअघि मात्र वैवाहिक जीवनमा बाँधिएकी काजल सफल अभिनेत्री हुन्। 'मगधिरा' उनको चर्चित चलचित्र हो। आजसम्म तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी काजलले एउटा चलचित्रमा काम गरेवापत ५ देखि ६ करोड लिने गर्छिन्।
५. नयनतारा
नयनतारालाई रुचाउने दर्शक पनि कमी छैनन्। सामाजिक सञ्जालको कुरा गर्ने हो भने उनको फ्यान फ्लोअर्स निकै राम्रो छ। उनी पनि सामाजिक सञ्जालमा सक्रिय भइरहन्छिन्। उनले एउटा चलचित्रमा काम गरेवापत २ देखि ३ करोड लिने गर्छिन्।
६. रकुल प्रीत सिंह
दर्शकहरुको 'क्यूट गर्ल' उपमा पाएकी रकुलले तमिल चलचित्रबाट अभिनयमा डेब्यु गरेकी थिइन्। त्यसो त उनले तेलुगु हुँदै बलिउड चलचित्रमा समेत काम गरिन्, अभिनेता अजय देवगनसँग। अहिले उनले एउटा चलचित्रमा काम गरेवापत ३ देखि ४ करोड पारिश्रमिक लिने गर्छिन्।
७. श्रूति हसान
श्रुती हसानलाई चलचित्रमा आउन अरु जस्तो दुःख गर्नु परेन। उनका पिता कमल हसन एक निर्माता हुन्। तर श्रुतीले अफ्नो पिताभन्दा ठूलो चर्चा कमाइन्। सुन्दर अभिनेत्रीको सूचीमा उनको नाम अगाडि नै आउँछ। उनले एउटा चलचित्रमा काम गरेवापत ४ देखि ५ करोड लिने गर्छिन्।
८. तापसी पन्नू
विभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री हुन्, तापसी। सामाजिक सञ्जालमा उनको आलोचना र प्रशंसा दुवै उत्तिकै हुने गरेको छ। जे भएपनि उनको अभिनयलाई भने दर्शकले निकै रुचाएको पाइन्छ। कथावस्तु अनुसारको भूमिका निभाउन सक्नु उनको सबैभन्दा तारिफयोग्य पक्ष हो। उनले एउटा चलचित्रमा काम गरेवापत ३ देखि ४ करोड लिने गर्छिन्।