मोरङमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ। विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन्। रासस

प्रकाशित मिति: : 2021-05-27 20:59:00

प्रतिकृया दिनुहोस्