इराकविरूद्ध सेतो जर्सीमा मैदानमा उत्रिदै नेपाली टोली

तस्बिर - एन्फा
तस्बिर - एन्फा

इराकविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली सेतो जर्सीमा उत्रिने भएको छ। मैत्रीपूर्ण खेलका लागि भएको कोर्डिनेशन मिटिङमा नेपालको जर्सी तय भएको हो। 

नेपालको राष्ट्रिय फुटबल टोली शनिबार हुने मैत्रीपूर्ण खेलमा सेतो जर्सीमा उत्रिने छ। नेपाली टोली पहिलो पल्ट सेतो जर्सीमा उत्रिन लागेको टिम व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए। इराक भने हरियो जर्सीमा उत्रिने छ।

फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले शनिबार पहिलो खेल खेल्दैछ। 

खेल नेपाली समय अनुसार राति १० ः १५ मा इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ। 

प्रकाशित मिति: : 2021-05-28 18:05:00

प्रतिकृया दिनुहोस्