धम्काएर सोसल सेक्युरिटी नम्बर माग्ने भारतीय अमेरिकीलाई तीन वर्षको कैद सजाय

बिएल संवाददाता

वासिङ्टन डीसी

टेलिफोन गरेर विभिन्न व्यक्तिको सामाजिक सुरक्षा नम्बर (सोसल सेक्युरिटी नम्बर) माग्ने एक जनालाई उच्च अदालतले तीन वर्षको कैद सजाय सुनाएको छ। 

त्यस्ता नम्बर दिन नमान्नेलाई विभिन्न धम्कीसमेत दिने भारतीय नागरिक हिमान्सु असरीलाई अमेरिकाको उच्च अदालत यस्तो सजाय सुनाएको हो। 

अमेरिकाका कार्यबाहक एटर्नी रिचर्ड बी माइरसले असरीले कैद सजाय भुक्तान गरिसकेपछि पनि अर्को तीन वर्ष संघिय निगरानीमा बस्नु पर्ने बताएका छन्। साथै उनलाई देश निकाला गरिने पनि बताइएको छ।

असरीको समूहले पेन्सनधारी ६५ वर्षभन्दा बढीका नागरिकहरुसँग टेलिफोन गरेर नम्बर माग्ने र अनेक तरिका अपनाएर ठग्ने गरेको न्याय मन्त्रालयले जनाएको छ।

उक्त ठग समूहले करिब दश हजार मानिससँग प्रतिव्यक्ति एक हजार डलरको दरले ठगेको आरोप छ।

यसैबीच न्याय मन्त्रलयले कुनै पनि निकायले टेलिफोन गरेर यस्तो नम्बर नमाग्ने र मागे पनि पछिल्लो चार अंक मात्र माग्ने भएकोले सचेत रहन सम्बन्धित सबै लाइ अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2021-05-28 18:50:00

प्रतिकृया दिनुहोस्