इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।
बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो।
इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल तथा कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल गरे।
नेपालका मनिष डाँगीले एक गोल फर्काए। इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे।
इराक र नेपालबीचको मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल ४–२ ले पछाडी