पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट चुनावकाे लागि सिधासादा मतदातालाई ललीपप् मात्र बाँडेकाे बताएका छन्।
भट्टराईले बजेटलाई नहुने चुनावको एमाले घोषणापत्र मात्र भएकाे टिप्पणी गरे। उनले ट्वीट गर्दै भनेका छन्, 'पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!'
उनले थपेका छन्, 'सिधासादा मतदातालाई ललीपप बाँडेको देखियो।'