यो बजेट जनमुखी, तर कार्यान्वयनमा चुनौती छ: योगेश भट्टराई

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले) का नेता योगेश भट्टराईले आर्थिक वर्ष २०७८/७९ को बजेट जनमुखी रहेको बताएका छन्।

नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत यो बजेट कार्यान्वयन, पूँजीगत खर्च कम हुने, राजश्वको लक्ष्य नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने विद्यामान भएको बताएका छन्।

'अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८/७९ को बजेट मुलतः जनमुखी छ,' उनले लेखेका छन्, 'हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यान्वयन, पूँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेतृत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष्य नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि विद्यामान छन्। यी चुनैतीमाथि विजय प्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस्।'

प्रकाशित मिति: : 2021-05-30 19:26:00

प्रतिकृया दिनुहोस्