सरकारमा सहभागी मन्त्रीकाे टुंगो लगाउन जसपा नेता बालुवाटार

File Photo

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुने बारे छलफल गर्न जनता समाजावादी पार्टीका (जसपा)का नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीसँग सरकारमा सहभागी हुने बारे छलफल गर्न जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका बालुवाटार स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।

भेटमा सरकारमा सहभागी हुने र जसपालाई दिने मन्त्रालयका बारेमा छलफल जारी रहेको स्रोतले बतायो। जसपालाई ८ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएपछि प्रधानमन्त्री र  ठाकुर–महतोबीच छलफल जारी छ।

प्रकाशित मिति: : 2021-05-31 10:33:00

प्रतिकृया दिनुहोस्