चीनले दिने नि:शुल्क खोप लिन जाँदै एअर बस ३३० 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाललाई चीनले सहयोग स्वरुप उपलब्ध गराउने कोरोना खोप लिन नेपाल वायु सेवा निगमको जहाज सोमबार त्यसतर्फ जाँदैछ।

निगमको विमान सोमबार राति ११ बजे बेइजिङ्गका लागि प्रस्थान गर्ने तयारी रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

निगमको वाइडबडी विमान एअर बस ३३० मंगलबार बिहान १० बजेतिर खोप लिएर काठमाडौँ आइपुग्ने तालिका छ। सो विमानमा करिब ८ लाख डोज खोप ल्याइने छ।

चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग गएको बुधबार भएको टेलिफोन वार्ताको क्रममा १० लाख मात्रा खोप उपलब्ध गराउने बताएका थिए।

सोही प्रतिवद्धता अन्तर्गतको खोप लिनका लागि निगमको जहाज जान लागेको हो।

प्रकाशित मिति: : 2021-05-31 11:01:00

प्रतिकृया दिनुहोस्