लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा

लुम्बिनी प्रदेशको रिक्त एक सिटकाे लागि भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ। 

अहिले सम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन्।अब प्रदेशतर्फ ३  र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ। 

यस्तै, प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन्। कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसालेका छन्। 

यससँगै हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिकाे मत खसेकाे छ।  

प्रकाशित मिति: : 2021-05-31 13:41:00

प्रतिकृया दिनुहोस्