कुवेतमा नेपाली टिमको फिटनेश सुरु, बिहीबार ताइपेईसँग भिड्दै

विश्व कप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ। इराकसँग हालै मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहीबाट कुवेत लागेको हो। 

नेपालले छनोटअन्तर्गत ३ जुनमा चाइनिज ताइपेईसँग पहिलो खेल खेल्दै छ। एएफसी समूह दुईमा रहेको नेपालले पहिलो खेलमा ताइपेईलाई २–० ले हराइसकेको छ। त्यसैले दोस्रो खेलमा पनि नेपाली खेलाडीको जितलाई लिएर नेपाली समर्थक ढुक्क छन्। 

इराकविरूद्ध मैत्रीपूर्ण खेलमा ६–२ गोलले पराजय भोगेको नेपालको डिफेन्स निकै फितलो देखिएको थियो। रोहित चन्द खेलको सुरुवातमै घाइते बन्न पुग्दा गोलकिपर किरण चेम्जोङ र डिफेन्स लाइनको समन्वय निकै फितलो देखियो। यद्यपि रोहितले टाउकोमा लागेको चोटको अवस्थामा पुरै खेल खेलेका थिए। 

पहिलो ३० मिनेट २–१ गोलको अग्रता बनाएको नेपालले यसपछि ५ गोल खाएका थियो। विगतको तुलनामा केही आक्रामक देखिएको नेपालको मिडफिल्ड पनि फितलो देखिएको थियो। ताइपेईविरूद्धको खेलमा नेपाली टोलीलाई गल्ती सुधार्ने मौका हुनेछ। 

नेपाली टोलीले सोमबारदेखि नै फिटनेशमा काम सुरु गरिसकेका छन्। नेपालले छनोटअन्तर्गत दोस्रो खेल जोर्डनविरूद्ध ७ जुन र अस्ट्रेलियासँग ११ जुनमा खेल्ने छ।

फाेटाे ः एन्फा (ANFA)


नेपाल इराकसँग पराजित 


इराकसँग तीन खेलमा १६ गोल खाएको नेपालको अग्निपरीक्षा आज (फोटो फिचर)


मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टिम इराक प्रस्थान

प्रकाशित मिति: : 2021-05-31 20:53:00

प्रतिकृया दिनुहोस्