बागलुङमा चट्याङ लागेर बालकको मृत्यु

Symbolic photo
Symbolic photo

आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए।रासस
 

प्रकाशित मिति: : 2021-06-01 15:29:00

प्रतिकृया दिनुहोस्