ऐश्वर्यासँगकाे एउटा सीन, जसले रणवीरकाे सपना पुरा गर्‍याे

बलिउड अभिनेता रणवीर कपूरलाई नचिन्ने सायदै होलान्।

अझै युवा पुस्तामाझ उनको क्रेज लोभलाग्दो छ।  पछिल्लो समय त उनी महंगो पारिश्रमिक लिने अभिनेताको सूचीमा समेत परिसकेका छन्।

रणवीरले चलचित्र 'सांवरिया' बाट अभिनयमा डेब्यु गरे। तर धेरैलाई थाहा नहुन सक्छ कि उनी अभिनयमा डेब्यु गर्नुभन्दा पहिले चलचित्रको 'सहायक निर्देशक' भएर काम गरिसकेका थिए।

उनका पिता ऋषि कपूर बलिउडका अग्रज कलाकार तथा निर्माता हुन्। यसकारण पनि रणवीरलाई यस क्षेत्रमा प्रवेश गर्न सजिलो वातावरण बन्यो। पिताकै कारण रणवीरले स्कलरशिपमा अमेरिकास्थित 'न्यूयोक यूनिभर्सिटी'बाट 'फिल्म मेकिङ'मा डिग्री लिने मौका समेत पाए।

रणवीरले 'रकस्टार', 'बर्फि', 'सञ्जु', 'अजब प्रेमकि गजब कहानी' जस्ता सुपरहिट चलचित्र दिइसकेका छन्। रणवीर अभिनयको अलावा विभिन्न युवतीहरुसँगको सम्बन्धका कारण पनि चर्चामा आइरहन्छन्। 

सन् २००९ मा उनले एक अन्तर्वार्तामा आफूलाई सबैभन्दा मनपर्ने युवती ऐश्वर्या राय रहेको बताएका थिए। उनले भनेका थिए कि, 'ऐश्वर्या मभन्दा १२ वर्षले जेठी छन्, तर म उनलाई प्रेम गर्न चाहन्छु।' उनले थप्दै भनेका थिए, 'ऐश्वर्यालाई म प्रेमिका बनाउन चाहन्छु।' 

उनको सो अभिव्यक्तीले त्यसयता ऐश्वर्यासँग विभिन्न चलचित्रमा काम गर्ने मोका पनि पाए। 'ए दिल हे मुश्किल'मा उनले ऐश्वर्यासँग रोमान्स नै गरे। 

रणवीरको नाम अभिनेत्री कट्रिना कैफसँग पनि लामो समयसम्म जोडियो। रणवीर र कट्रिनाको सम्बन्धको कारण सलमान खान केही रुखोसमेत बने। दुई वर्षको प्रेम सम्बन्ध पछि रणवीर फेरि दीपिका पादुकोणसँग सम्बन्धमा बसे।  दीपिकासँगको प्रेम सम्बन्ध पनि रणवीरले लामो समयसम्म टिकाउन सकेनन्।

अहिले रणवीर अभिनेत्री आलिया भट्टसगँ प्रेम सम्बन्धमा छन्। हुन त आलिया रणवीरभन्दा ९ वर्षले कान्छी हुन्। तर उनीहरुको यो सम्बन्धले भने विवाहको रुपमा लिने लगभग पक्का भईसकेको छ। दुवै जनाको परिवारले अनुमति पनि दिइसकेका छन्।
 

प्रकाशित मिति: : 2021-06-02 12:41:00

प्रतिकृया दिनुहोस्