एमालेको 'रेल'बाट छुट्नै लागेका हुन् माधव नेपाल ?

लोकान्तर

काठमाडौँ

जुट्न पनि नसकेको र फुट्न पनि नसकेको अवस्थाबाट गुज्रिएको नेकपा एमालेभित्रको एउटा हिस्सा (झलनाथ खनाल/माधव नेपाल पक्ष) पार्टीमा रहन नसक्ने निष्कर्ष संस्थापन पक्षले निकालेको छ । 

सर्वोच्च अदालतको आदेशले नेकपा विभाजन भएर एमाले ब्युँतिएपछि फागुन २३ पछि माधव नेपालसँग पटक–पटक भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्षले माधव नेपाल एमालेमा फर्किने सम्भावना न्युन रहेको निष्कर्ष निकालेको हो । 

मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेता आएपनि नेता नेपाल नै एकताका लागि बाधक रहेको निष्कर्ष सुनाएका थिए । 

नेता नेपाल नआए पनि समानान्तर गतिविधिमा लागेका दोस्रो तहका नेताहरूलाई समेट्न प्रयास गर्ने सहमति भएको थियो । 

चैत्र १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकदेखि म्यारिएट होटलमा वैशाख ९ र १० गते भएको बैठक हुँदै क्याप्टेन रामेश्वर थापाको घरदेखि सिंहदरबारको कोठामा भएका वार्तामा माधव नेपालको एउटै शर्त थियो– फागुन २८ गतेको एकतर्फी निर्णय खारेज गरेर जेठ २ को अवस्थाबाट पार्टीलाई अगाडि बढाउने । 

प्रकाशित मिति: : 2021-06-03 11:11:00

प्रतिकृया दिनुहोस्