दक्षिण भारतीय चलचित्र क्षेत्रकी अभिनेत्री रश्मिका मन्दान २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन्।
बैंगलोर टाइम्सले दिने उक्त उपाधि अघिल्लाे वर्ष पनि रश्मिकाले नै पाएकी थिइन्। सन् २०१६ बाट अभिनयमा डेब्यु गरेकी रश्मिका गुगलमा पनि सर्वाधिक खोजिएको नायिकामा पनि परेकी थिइन्l
छोटो समयमानै उनले राम्राे चर्चा र सफलता पाइन्। सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ उनको बलिउड डेब्यू फिल्म रहने समेत बताइएकाे छ।