ओली क्याबिनेटमा बढोत्तरीका साथ प्रवेश पाएका रघुवीर

राम्रो मन्त्रालयको अपेक्षा राखेका पोखरेललाई पार्टी कामको जिम्मा

सेतोपाटी

काठमाडाैं

प्रधानमन्त्री केपी ओलीले तीन वर्षमा १७ औं पटक गरेको मन्त्रिपरिषद फेदबलमा केही रोचक पक्षहरु छन्। कुनै बेला राजनीतिको दुई विपरीत ध्रुवमा रहेका एमाले र जसपाभित्रको राजपा समूहको मिलन त भएको छ नै, पार्टीभित्रै पनि प्रधानमन्त्री ओलीका सम्बन्धका आयाम यो मन्त्रिपरिषद विस्तारमा देखिएका छन्।  

यसपालिको फेरबदलमा सबैभन्दा भाग्यमानी मन्त्री रघुबीर महासेठ देखिए। कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोरमध्ये देखिएपछि मन्त्रीबाट निकालिएका महासेठ झण्डै १८ महिनापछि बढोत्तरी भएर सत्तामा फर्किएका छन्। 

त्यो पनि पार्टीमा आफूभन्दा धेरै सिनियर विष्णु पौडेल बराबरको हैसियतमा। पौडेल र महासेठ दुवैले उपप्रधानमन्त्रीको हैसियतमा बढोत्तरी पाएका छन्। अघिल्लो पटक मन्त्री हुँदा कमसल काम गरेको आरोप लागेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीसँग निजी सम्बन्धका कारण ‘खतमाफ’ पाएका छन्। 

२०७४ सालमा पनि महासेठले प्रधानमन्त्रीबाट पुरस्कारनै पाएका थिए। उनी केन्द्रीय सदस्य मात्रै थिए। तर भौतिक योजना तथा पूर्वाधार जस्तो ठूलो र महत्वपूर्ण मन्त्रालय हाँक्न पाए। पार्टी महासचिव रक्षा मन्त्रालयमा ‘थन्किएका' बेला महासेठले भौतिक मन्त्रालयको जिम्मेवारी पाउनु चानचुने कुरा थिएन। 

जब राम्रो काम गर्न नसकेको भनेर मन्त्रीबाट निकालिए, महासेठको सम्बन्ध ओलीसँग केही चिसियो। पार्टीको अन्तरसंघर्षमा लामो समयसम्म उनी कतैतिर खुलेका थिएनन्। एकपटक त उनी माधव नेपाल-प्रचण्डको भेलामा पनि गए। २०७७ पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा उनी त्यसको विरोधमा थिए। 

प्रकाशित मिति: : 2021-06-05 15:08:00

प्रतिकृया दिनुहोस्