५०४२ जना कोरोना संक्रमित थपिए, ८२४३ जना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना सङ्क्रमित थपिएका छन्। त्यसैगरी ८ हजार २४३ जना सङ्क्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६८ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ७ हजार ७९९ जना पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ८५ हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी चार लाख ७४ हजार ३७३ जना निको भएका छन्। 

प्रकाशित मिति: : 2021-06-05 18:03:00

प्रतिकृया दिनुहोस्