नामले तपाईँको व्यक्तित्वलाई कसरी प्रभावित पार्छ

आफ्ना आमाबुबाले विभिन्न किसिमले कस्तो प्रभाव छाड्नुभयो भनेर तपाईँ घोत्लिनुभएको हुनसक्छ। उहाँहरूको न्यानोपन र कडाइ अनि उदारता र जोडबल सम्झिनुभएको हुनसक्छ।तर सम्भवतः उहाँहरूले दिएको एउटा महत्त्वपूर्ण उपहारका बारेमा तपाईँले धेरै विचार नगर्नु भएको पनि हुनसक्छ। त्यो तपाईँको नाम हो।

अधिकांश अभिभावकहरू आफ्ना सन्तानको नाम के राख्ने भनेर चिन्तित हुन्छन्। यो रचनात्मकताको परीक्षण भएजस्तो हो। अथवा आफ्नो व्यक्तित्व र पहिचान अर्को पुस्तामा अभिव्यक्त गर्ने शैली हो।तर म जस्ता धेरै आमाबुबाले पूर्ण रूपमा विचार नगरेको कुरा के हो भने सन्तानको नामको छनोटले ती बच्चालाई अरूले हेर्ने दृष्टिकोण निर्माण गर्न र अन्ततः ती बालबालिका कस्तो व्यक्ति बन्छन् भन्ने निर्धारण गर्न भूमिका खेल्छ।"

एउटा व्यक्तिलाई पहिचान गर्न र दैनिक रूपमा ऊसँग सम्पर्क गर्न प्रयोग गरिने भएकाले विशेष गरी अरूसँगको सम्बन्धलाई लिएर स्वयंको आधारभूत मान्यतासँग नाम जोडिएको हुन्छ," नामको मनोविज्ञानबारे अध्ययन गर्ने एरिजोना विश्वविद्यालयका मनोविज्ञ डेभिड चुले भने। हाम्रो व्यक्तित्वलाई धेरै विषयले निर्धारण गर्छन्। त्यसमा अनुवंशको पनि केही प्रभाव हुन्छ।आफूलाई दह्रोसँग प्रभावित पार्ने अनुभवहरूले हामी कोसँग घुलमिल हुन्छौँ र अन्ततः कार्यस्थल वा परिवारमा कस्तो भूमिका निर्वाह गर्छौँ भन्नेमा ठूलो भूमिका खेल्छन्।यस्तोमा जन्मदेखि सामान्यतया बाँचुन्जेल सम्मका लागि प्राप्त हुने नामले पार्ने प्रभाव सहजै भुल्न पनि सकिन्छ।

हामी ठूला भएर आफ्ना लागि नाम परिवर्तन गर्न नचाहेसम्म हामी अधिकांश जन्मका बेला दिइएको नामले काम चलाइरहेका छौँ

अध्ययनहरूले के देखाएका छन्?

व्यक्तिवादी मनोविज्ञानका एक जना संस्थापक गोर्डन अल्पटले सन् १९६१ मा हाम्रो जीवनभर रहने स्वयं पहिचानको सबैभन्दा महत्त्वपूर्ण स्तम्भका रूपमा नामलाई व्याख्या गरेका थिए।

प्रकाशित मिति: : 2021-06-06 14:44:00

प्रतिकृया दिनुहोस्