बाँकेमा कोरोनाबाट थप चारको मृत्यु

File photo
File photo

बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ। 

ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३  र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-06 21:42:00

प्रतिकृया दिनुहोस्