२० लाख जरिवानामा परिन् जुही चावला

बलिउड अभिनेत्री जुही चावलाले ‘फाइभ जी’ मामलामा २० लाख जरिवानामा तिरेकी छन्।

जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक मुद्दा दायर गरेकी थिइन्। तर दिल्ली हाइ कोर्टले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना ताेकेकाे हाे। 

कोटले जुहीको याचिका खारेज गर्दै कानूनी प्रक्रियाको गलत प्रयोग गरेको ठहर गरेकाे छ।

पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको काेर्टले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-06-07 06:34:00

प्रतिकृया दिनुहोस्