कोरोना अपडेट: ४४७२ संक्रमित थपिए, ६९५१ जना निको

पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५९०१ एन्टिजेन परीक्षणमा ११०२ गरी ४४७२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ६ हजार ९५१ निको भएका छन्। 

पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ९९० जना पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म कूल पाँच लाख ९१ हजार ४९४ जनामा कोरोना सङ्क्रमण भएको छ भने चार लाख ९७ हहजार ९६० जना निको भएका छन्। 

प्रकाशित मिति: : 2021-06-07 17:38:00

प्रतिकृया दिनुहोस्