संघीय सरकारको आफ्नै सामर्थ्यमा अघि बढ्ने भयो सिद्धबाबा सुरुङ मार्ग, स्थानीयमा खुशियाली !

सधैँ जोखिम हुने बहुप्रतिक्षित सिद्धबाबा सुरूङमार्गको ‘ग्लोबल टेन्डर’ भएसँगै अब निर्माण प्रक्रिया शुरू भएको छ।

सुरूङमार्ग लामो समयदेखिको सपना हो। सडक सुरक्षाका लागि बहुप्रचारित सुरूङमार्ग संघीय सरकारले आफ्नै सामर्थ्यमा बनाउन थालेको हो। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पहल र जोडबलमा यो ‘बिग प्रोजेक्ट’ को शुरू हुने पक्का भएको हो। कतिखेर पहिरो खस्छ भन्ने थाहा नै नहुने सधैँको पीर सिद्धबाबा भीरलाई पौडेलले उच्च प्राथामिकतामा राखेका थिए। 

२०७२ को भूकम्पले सिद्धबाबाको पहाडसहित पत्रे चट्टानको सन्तुलन खल्बलिई क्षतविक्षत बनाएको छ। कमलो चुरे भएकाले अलिकति ‘डिस्टभेन्स’ भयो भने झर्न शुरू गरिहाल्छ। पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिरनजिकै बन्ने आयोजनालाई देशकै प्रतिष्ठा र गौरवको आयोजनाको रूपमा हेरिएको छ। 

रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म करीब ३.५ किलोमिटर क्षेत्र मृत्युमार्गको नामले बदनाम छ। कसैले त, यो क्षेत्रलाई ‘मान्छे खाने सडक’ संज्ञा समेत दिन थालेका छन्।

यही क्षेत्रमा प्रत्येक वर्ष ६/७ वटा दुर्घटना ५/६ जनाको मृत्यु हुने गरेको पछिल्लो ८ वर्षको तथ्यांकले देखिएको छ। सुरूङ माथिल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको शुरू हुनेछ। चिडियाखोलाको खोचबाट शुरू हुने सुरूङ दोभाननजिकै ड्यामसाइड (रामापिथेकस पार्क) नजिकै निस्कने छ। 

प्रकाशित मिति: : 2021-06-07 20:32:00

प्रतिकृया दिनुहोस्