फिल्म प्राविधिकहरूलाई सहयोग गर्न स्वस्तिमा खड्काकाे आग्रह

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरूलाई सहयोग जुटाउने उद्देश्यले एक अभियान सुरु गरेकी छन्।

उनले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल गरेकी हुन्।

उनले भनेकी छन्, ‘हामी असामान्य परिस्थितिमा छौं। यस्तो बेला सरकारको प्राथमिकतामा फिल्म उद्योग पर्न सकेको छैन। कोरोनाको मारमा सबैभन्दा बढी मारमा फिल्ममा काम गर्ने प्राविधिकहरू परेका छन्।’

उनले थपेकी छन्, ‘यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागेको छ। सक्नेले सहयोग गर्न आग्रह गर्दछु।’

प्रकाशित मिति: : 2021-06-08 06:35:00

प्रतिकृया दिनुहोस्