नेकपा एमाले स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले आफ्नाे नाम जाेडेर केही सञ्चार माध्यमहरुले माओवादी केन्द्रमा फर्किन लागेकाे भन्ने भ्रमपूर्ण समाचार सम्प्रेषण गरेकाे भन्दै आपत्ती जनाएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले आधारहीन र कपोकल्पित समाचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले भनेका छन्, 'प्रचण्डमा रहेकाे कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।'
रायमाझीले भ्रामक समाचारहरु सम्प्रेषण नगर्न पनि सबैलाई आग्रह गरेका छन्। साथै उनले माओवादी केन्द्रको आयु नभएकाे पनि जिकिर गरेका छन्।
उनले भनेका छन्, 'सुशासन सहितको स्थिरतामार्फत मुलुकमा दिगो र चौतर्फी विकास एवं समृद्धीकाे लागि अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँगै सहकार्य आवश्यक छ।'