सवारी चालक कार्वाहीमा

File photo
File photo

ओखलढुंगामा नदीजन्य प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई गाउँपालिकाले सामान्य कार्वाही गरेर छाडेको छ। 

गैरकानूनी तवरले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सवारी सहित प्रहरीले समातेका चार जनालाई गाउँपालिकाले नौं हजार जरीवाना गराएर छाडेको हो।

मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारी साधन सहित तीनजना चालक र उत्खनन्मा सङ्लग्न अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर गत जेठ २२ गते गाउँपालिकालाई बुझाएको थियो। 

गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक राखेर पक्राउ परेका व्यक्तिलाई नौ हजार जरिवाना तिराएर फेरि गल्ती नदोहो¥याउने सर्तमा छाडेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए। फेरि त्यस्तो गरेको भेटिएमा दोब्बर जरिवाना सहित थप कडा कारवाही गरिने अध्यक्ष राईको भनाइ छ। 

गाउँपालिकाले उत्खननमा प्रयोग भएका दुई टिपर धनीलाई दुई दुई हजार र एक जेसिबीलाई पाँच हजार जरिवाना तिराएको छ। उत्खनन भएका नदिजन्य पदार्थ गाउँपालिकाको हुने गरी निर्णय गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-08 18:54:00

प्रतिकृया दिनुहोस्