जङ्गली च्याउ खाँदा दुईको मृत्यु

File photo
File photo

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ। 

मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन्। दुबैले गत शनिबार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो।

वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो। उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-08 21:11:00

प्रतिकृया दिनुहोस्