एभलीनले गरिन् सुटुक्क बिहे

बलिउड अभिनेत्री एभलीन शर्मा वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। 

उनले डा.तुषान भिण्डीसँग अष्ट्रेलियामा सुटुक्क विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

तुषान पेशाले डेन्टल सर्जन हुन्। आफ्नो विवाहको खबर एभलीनले सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेर जानकारी दिएकी हुन्। 

उनले भिण्डीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मिस्टर एण्ड मिसेज भिन्डी। यो सानो विवाह समारोह मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण दिन बनाउने सबै मानिसमा धन्यवाद।’ 

प्रकाशित मिति: : 2021-06-09 06:27:00

प्रतिकृया दिनुहोस्