एमालेका दुवै समूहलाई याेगेश भट्टराईकाे प्रश्न- 'कसले, किन र के-का लागि गर्दैछ यो सब ?'

File photo
File photo

माधव नेपाल समूहका नेता याेगेश भट्टराईले एमालेभित्र चलिरहेकाे विवादलाई गम्भीर छलफल गरेर साझा अभियानमार्फत् पार्टी एकता जाेगाउनु पर्ने बताएका छन्।

नेता भट्टराईले पार्टीकाे भित्रकाे चलिरहेकाे विवादकाे मुल जड औँल्याउँदै भनेका छन्, ''एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता झलनाथ खनाल र  माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुने। अर्काेतिर झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुने।''

नेता भट्टराईले एमाले एकताको समस्याको मुल जड साझेदारी र गठबन्धनकाे सेटिगं भएकाे बताउदै दुवै पक्षका नेताहरूलाई समेत प्रश्न गरेका छन्, ''कसले, किन  र के-का लागि गर्दैछ यो सब ?''

उनले सबैलाई पार्टी एकताकाे विषयमा गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न आग्रह पनि गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-09 09:23:00

प्रतिकृया दिनुहोस्