प्रतिनिधि सभा विघटनको मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवाका वकिलले राष्ट्रपतिले झालझेल गरी सरकार बन्न नदिएको बताएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेको होइन, बन्न नदिइएको आरोप लगाएका हुन्।
'यहाँ जालझेल गरियो। सरकार बन्न नसेकेको हो कि राष्ट्रपतिले सरकार नबनाइदिएको हो ?’
बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवालाई प्रधानमन्त्री बन्न नदिएर रातारात प्रतिनिधिसभा विघटन गरिएको उनले बताए।