पदमुक्त प्रधानमन्त्रीले गरेको संसद विघटन मान्य हुँदैन, अन्तरिम आदेश दिनुपर्छ– अधिवक्ता शम्भु थापा

फाइल तस्वीर
फाइल तस्वीर

वरिष्ठ अधिवक्ता शम्भु थापाले पदमुक्त भएका प्रधानमन्त्रीले गरेको संसद विघटन मान्य नहुने बताउँदै अन्तरिम आदेश दिन माग गरेका छन्। 

संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बुधबार बहस गर्दै अधिवक्ता थापाले  भनेः,‘विश्वासको मत पाउँदिन भनिसकेपछि केपी ओली प्रधानमन्त्रीबाट स्वत: पदमुक्त भएका छन्। त्यसैले संसद विघटन मान्य हुँदैन्।’  

उनले प्रधानमन्त्री  ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा विश्वासको मत नै पाउन सक्दिन भनेपछि त्यो पदमुक्त भएकाेले अन्तरिम आदेश दिनुपर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-09 13:18:00

प्रतिकृया दिनुहोस्