पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

Symbolic photo
Symbolic photo

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उनीका दुई छोरा र एक छोरी छन्।
 

प्रकाशित मिति: : 2021-06-10 10:24:00

प्रतिकृया दिनुहोस्