ग्रहणः नाङ्गो आँखाले देखिने यो अद्भुत खगोलीय घटना के हो र कति किसिमको हुन्छ?

बिबिसी

काठमाडाैं

ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।

जेठ २७ गते बिहीवार क्यानडा, ग्रीनल्यान्ड र रुसबाट वलय सूर्यग्रहण पूरा देखिँदैछ। युरोपका अधिकांश भाग, मध्यएशिया र चीनबाट भने उक्त ग्रहण आंशिक रूपमा देखिनेछ।

यसअघि जेठ १२ गते बुधवार खग्रास चन्द्रग्रहण परेको थियो।

पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त महासागरका विभिन्न क्षेत्र र अमेरिकी महादेशहरूबाट पूरै चन्द्रमामा ग्रहण लागेको देखिएको थियो।

"सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण," खगोलविद् ह्वाँ कार्लोस बीयामिन आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेख्छन्।

तर विधिगत रूपमा भन्नुपर्दा दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-10 16:23:00

प्रतिकृया दिनुहोस्